birat ribon

युवाले देखेको नेपाल : सम्पूर्ण नेपालीको नेपाल

Neuro
युवाले देखेको नेपाल : सम्पूर्ण नेपालीको नेपाल
निरज निरौला

आजको समयमा संसार सानो भएको छ । २१ औँ शताब्दीको वैज्ञानिक तथा प्राविधिक युगमा संसारले युगान्तकारी परिवर्तन छोटो समयमा नै गरिरहेको अवस्थामा हाम्रो पछौटेपन र विकासका नाममा वर्षौदेखि थोपरिएको विकासे भाषण, मात्र भाषण विकास भयो तर विकास पनि यो अर्थमा कसरी भोट ज्यादा प्राप्त गर्न सकिन्छ ?

सानो गाउँले परिवेशमा नेपालको एक पहाडी जिल्लामा हुर्किएका हामी वन जङ्गल, बुट्यान, झरना, खोला, ताल, हिमाल, भिर, पाखा आदि सबै भौगोलिक परिस्थितिले ज्ञान वाल्यापनमै बटुलेका हामी उच्चशिक्षाको दौरानमा भेट भएका थियौँ । बाल्यापनमै २०६२/०६३ को जनआन्दोलन र माओवादीको सशस्त्र आन्दोलन देख्न र भोग्न मात्र नभएर त्यसको प्रत्यक्ष साक्षी थियौँ हामी । हाम्रो कलिलो मानसपटलमा बन्दुक र गोला बारुद देखाएर क्रान्तिको कुरा गर्थे, भोलि खुसियाली लिएर आउने छौँ, धनी–गरिब समान बनाउने छौँ, यस्तै–यस्तै आदि इत्यादि ।

cura insider

हाम्रो शिक्षाको दौरानमा समसामयिक विषयप्रति लगाव बढाउँदै गयौँ, एकदमै नरम स्वभाव तर देशको राजनीतिप्रति हतोत्साहित भएका नागरिक न कुनै भविष्यको ग्यारेन्टी छ, न त भोलिको दिन थाहा छ, अन्योलका बीच यो सानो सहरको बस्ती लोडसेडिङ भए पनि आफ्नै व्यवस्थापनमा उज्यालो पार्ने गथ्र्यो । हामी प्रायः सँगसँगै हुने गथ्र्यौ अनेक समसामयिक विषयमाथि चर्चा र विमर्श हुन्थ्यो, हामी खाडीदेखि झाडीसम्मका कुरा गथ्र्यौँ, आन्तरिक र वाह्य वातावरणका साथै परराष्ट्र नीतिका कुरा गथ्र्यौँ, क्षेत्रीय सङ्गठन, व्यापार सङ्गठनदेखि संयुक्त राष्ट्रसङ्घ आदि र यसका प्रभावका बारेमा विचार विमर्श गथ्र्यौँ ।

७० वर्षअगाडि पनि समस्या थिए, अहिले पनि जस्ताको त्यस्तै छन् । फरक यतिमात्र हो हिजो बाबुबाजे त्यो सपनाको पर्खाइमा थिए भने आज छोरानाति ।

विभिन्न किसिमका गोष्ठी, सभा, समारोहमा प्रायजसो सामेल हुने समसामयिक विषयवस्तुमाथि समीक्षा गर्ने र आजको समस्याका बारेमा समाधानसहितको आलोचनात्मक व्याख्या गर्ने हाम्रो दैनिकीजस्तो बनेको थियो । आज हाम्रो अवस्थाको र हाम्रो देशको अवस्थाको बारेमा यो पुस्तकमा चर्चा, विमर्श गरिएको छ । बर्सेनि शासक फेरिए, शासकका नाममा अनुहार फेरिए तर जनताको मुहारमा हासो र खुसी देख्न पाइएको छैन ।

इतिहासको कुनै कालखण्डमा हिमाल, बौद्ध, किरातलगायत थुप्रै दर्शन दिएर विश्वलाई नै ज्ञान र चेतना बाँड्दै सभ्यताको पाठ सिकाएको नेपाल आज गरिबी, भोकमरी, भ्रष्टाचार, अन्धविश्वासलगायत अनेकौँ गोलचक्रको समस्यामा फसेको छ । हिजो पनि एकजना नेपाली राम्रो र पर्याप्त खान पाउने, न्यानो लगाउन पाउने, एउटा छानोमुनि मिठो निद्रा निदाउने आशामा बस्थ्यो । आज पनि त्यही सपना साकार हुने आशामा छन् । ७० वर्षअगाडि पनि समस्या थिए, अहिले पनि जस्ताको त्यस्तै छन् । फरक यतिमात्र हो हिजो बाबुबाजे त्यो सपनाको पर्खाइमा थिए भने आज छोरानाति । सपना बाँड्नेहरू धेरैपटक सत्तामा आइरहे । तर, निमुखा जनताबारे न सत्तामा जाने नै चिन्तित भए, न त सपना बाँड्नेहरु नै त्यसलाई साकार पार्न लागे । नयाँ कुरा त बनेन नै, भएका पनि रहन सकेनन् ।

मुलुकमा लामो समयदेखि विभिन्न किसिमका विद्रोह, आन्दोलन गरिए पनि आमजनताको दैनिकी जस्ताको त्यस्तै । हजारौँ सहिदहरूले बलिदान दिए तर सहिदका सपना अधुरै रहे । नेपालको आर्थिक अवस्था, व्यापार तथा वाणिज्यको अवस्था, देशको नेतृत्व र विकासमा युवा, नेपालको सङ्घीय प्रणाली, नेपालमा किन विकास भएन, को हो विकासको बाधक ? देशको राजनीतिक प्रणाली र चरित्र, नेपालको बजेट, स्वास्थ्य, शिक्षा, निर्वाचन प्रणाली, विकास र पूर्वाधार प्रणाली, परराष्ट्र नीति र भष्ट्राचारको अवस्था र समाधानको बारेमा चर्चा गरिएको यस पुस्तकमा सरल भाषामा प्रस्तुत गरिएको छ ।

आममानिस जोकोही पनि यस ठाउँमा आफूलाई सामेल गराएर गर्वका साथ म नेपाली हुँ भन्न चाहन्छ, देशको नेतृत्व लिन चाहन्छ, देशको समृद्धिका लागि काँधमा काँध थाम्न चाहन्छ, आफू र आफ्ना देशवासीका लागि एक युवा खुसीसहितको एक विकसित र सम्पन्न देश बनाउन चाहन्छ । तर यी दिवास्वप्न मात्र भएका छन्, आममानिस राजनीतिप्रति घृणा गर्दछन्, राजनीतिमा आफूलाई सामेल गराउन चाहँदैनन्, यसलाई तिरस्कृत रूपमा चित्रण गर्न थालिसकेका छन् । हुन पनि राजनीतिलाई पेसाको रुपमा लिएका कारण आजको समयमा राजनीतिको दुर्गन्ध आउनु स्वाभाविक नै हो ।

आममानिस राजनीतिप्रति घृणा गर्दछन्, राजनीतिमा आफूलाई सामेल गराउन चाहँदैनन्, यसलाई तिरस्कृत रूपमा चित्रण गर्न थालिसकेका छन् । हुन पनि राजनीतिलाई पेसाको रुपमा लिएका कारण आजको समयमा राजनीतिको दुर्गन्ध आउनु स्वाभाविक नै हो ।

तर यति हुँदाहुँदै पनि एक आममानिस एक युवा देशप्रेमको भावनाले देश विकासको भावनाले, देशलाई समृद्ध बनाउन युवा नै अग्रसर हुनुपर्छ भन्ने भावनाले समग्र राजनीति र देशको अवस्थाको चित्रण गरिएको यस पुस्तकमा राजनीतिबारे ज्ञान, बेरोजगारीको अवास्था, देशको बजेट, शासन प्रणाली आदिका बारेमा थाहा पाउन सकिन्छ र यसैका माध्यमबाट युवालाई राष्ट्रप्रति जिम्मेवार रहन हौसला प्रदानका साथसाथै देशप्रति आममानिसको आक्रोश र केही गरौँ भन्ने जागरुकता प्रदान गर्दछ ।

आजको समयमा हामी आममानिस, हामीले हाम्रो नैतिकता भुल्दै गयौँ, समाजप्रतिको हाम्रो दायित्व, हाम्रा कर्तव्य सबै हामीले भुलिसकेकोजस्तै भएको छ, हाम्रो घरपरिवार, समुदाय, समाजभन्दा पनि सर्वोपरी हाम्रो देश हो, त्यसकारण हरेक क्षेत्रबाट हामीले हाम्रो नेतृत्व लिएर राष्ट्रलाई संसारमाझ चिनाउने जिम्मेवारी हाम्रो हो, हामी युवाको हो । भनिन्छ, फलाम पनि चोट सहेपछि एक धारिलो हतियारमा परिणत हुन्छ, तसर्थ युवा त्यो तागत हो, जसले हिम्मत गर्नसक्छ, लड्न सक्छ र सम्पूर्ण युवा साथीहरूमा यो पनि अनुरोध– देशको नेतृत्व युवाले लिनुपर्छ र त्यो कसैले बक्सिस दिएर होइन देश र जनताका लागि लागि यो आँट, साहस आम हामी युवाले गर्नुपर्छ ।

अन्त्यमा यस किताबका लेखक मेरो आत्मीय साथी आरसी अधिकारीलाई बधाई तथा शुभकामना ! जो युवाका उत्प्रेरणाका स्रोत बनेका छन् र यस किताबले युवा वर्गलाई साहस, तागत दिन्छ र देश, जनता, राजनीतिलगायत सम्पूर्ण विषयमाथि ज्ञान आर्जन गर्न सकिन्छ । यो पुस्तक सबै नेपालीले एकपटक पढ्नै पर्ने पुस्तक हो । तसर्थ, युवाले देखेको नेपाल सम्पूर्ण नेपालीको नेपाल हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: