birat ribon

बिहीबारबाट काठमाडाैँ उपत्यकामा निषेधाज्ञा खुकुलाे हुने अपेक्षा, आजकाे बैठकले गर्ने छ निर्णय

Neuro
बिहीबारबाट काठमाडाैँ उपत्यकामा निषेधाज्ञा खुकुलाे हुने अपेक्षा, आजकाे बैठकले गर्ने छ निर्णय

काठमाडाैँ/ काेराेना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि काठमाडाैँमा लगाइएकाे निषेधाज्ञा आगामी बिहीबारबाट केही खुकुलाे हुने अपेक्षा गरिएकाे छ ।

उपत्यकामा जारी निषेधाज्ञाकाे समीक्षा गरी आगामी माेडालिटीबारे छलफल गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक आज मङ्गलबार बस्दै छ ।

cura insider

दिउँसो ३ बजे बस्ने बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलाे गर्दै जनजीवन सहज बनाउने बताइएकाे छ ।

काेराेनाकाे सङ्क्रमण तीव्र रूपमा फैलिएपछि गत १४ गतेबाट उपत्यकामा खाद्य पसल, किराना तथा डिपार्टमेन्ट स्टाेर समेत खाेल्न नपाउने गरी कडाइ गरिएकाे थियाे ।

तर अब २१ गतेबाट भने ती पसल-व्यवसायलाई व्यवस्थित गरी खाेल्न दिनेबारे छलफल हुने काठमाडाैँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार अहिले नै निषेधाज्ञा पूर्ण रूपमा खाेल्न भने सम्भव छैन । तर काेराेना सङ्क्रमणकाे ग्राफ हेरेर आगामी कदमबारे निर्णय हुने पराजुलीले बताए ।

jackson ribon