birat ribon

संवैधानिक इजलास : मङ्गलबार पनि पुरानै न्यायाधीश सहभागी

Neuro
संवैधानिक इजलास : मङ्गलबार पनि पुरानै न्यायाधीश सहभागी

काठमाडौं/ प्रतिनिधिसभा विघटनसम्बन्धी परेका अढाई दर्जन रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा मङ्गलबार पनि पुरानै न्यायाधीशलाई राखिएकाे छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका हुन् ।

cura insider

राणाले साेमबारका लागि दीपककुमार कार्की,  डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न अधिवक्ताहरुले माग गर्दै आएका थिए ।

आइतबारको बहसमा विपक्षी अधिवक्ताहरूले उनीहरू नेकपा विभाजन गर्ने फैसला तथा त्यसको पुनरावलोकन अस्वीकार गर्ने निर्णयमा सहभागी रहेको भन्दै इजलासमा बस्न नमिल्ने तर्क गरेका थिए।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: