birat ribon

काङ्ग्रेस सभापति राईद्वारा कोरोना सङ्क्रमितलाई स्वास्थ्य सामग्री वितरण

Neuro
काङ्ग्रेस सभापति राईद्वारा कोरोना सङ्क्रमितलाई स्वास्थ्य सामग्री वितरण

भोजपुर / अरुण गाउँपालिकाका नेपाली काङ्ग्रेस सभापति कुमार राईले कोरोना सङ्क्रमितलाई लक्षित गरेर स्वास्थ्य सामग्री वितरण गर्न थालेका छन् ।

गाउँपालिकामा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि सभापति राईले टोल–टोलमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्न थालेका हुन् । सङ्क्रमितको घरसम्म पुगेर राईले मास्क, सेनिटाइजर, साबुन साथै आवश्यक खाद्य सामग्रीसमेत वितरण गर्दै आएका छन् ।

cura insider

उनले गाउँपालिकाका वडा नं. १, ५, ६ र ७ मा रहेका सङ्क्रमितलाई उक्त स्वास्थ्य सामग्री र साथै खाद्य सामग्रीसमेत वितरण गरिसकेका छन् ।

उनले भने, ‘सङ्क्रमितलाई हौसला प्रदान गर्दै स्वास्थ्य र खाद्य सामग्री वितरण गरिरहेको छु, यो अभियान निरन्तर चल्नेछ ।’ सभापति राईले आफ्नो व्यक्तिगत खर्चबाट सहयोग गरिरहेको र गाउँपालिकाका सबै वडामा सहयोग गर्ने बताए ।

राईल टोलटोलमा पुगेर स्वास्थ्य सामग्री र आवश्यक खाद्यान्न वितरण गर्न थालेपछि कोरोना सङ्क्रमितको पनि हौसला बढेको छ ।

jackson ribon