birat ribon

एमाले एकता जाेगाउन दाेस्राे तहका नेता सक्रिय, याक एन्ड यतिमा मध्यरातसम्म वार्ता

Neuro
एमाले एकता जाेगाउन दाेस्राे तहका नेता सक्रिय, याक एन्ड यतिमा मध्यरातसम्म वार्ता

काठमाडौं/ नेकपा (एमाले) काे एकता जाेगाउन दाेस्राे तहका नेताले सक्रियता देखाएका छन् । शीर्ष नेताहरूबीच तिक्तता बढेर फुटकाे सङ्घारमा पुगेकाे पार्टी जाेगाउन दाेस्राे तहका नेताहरू सक्रिय भएका हुन् ।

दोस्रो तहका नेताहरूले सोमबार मध्यरातिसम्म याक एन्ड यति होटलमा वार्ता गरेका थिए । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच छलफल भएकाे हाे ।

cura insider

साँझ ६ बजेदेखि राति ११ बजेसम्म भएको छलफलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत नेता थिए भनेनेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए । 

पछिल्लो पटक स्पष्टीकरण सोधिएका १२ जनाको कारवाही पनि तत्काल नहुने भएको छ। दुई दिन स्थगित गर्दै आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको छ। 

jackson ribon

प्रतिक्रिया दिनुहोस्: