birat ribon

मोरङको रतुवामाईमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

Neuro
मोरङको रतुवामाईमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

विराटनगर / मोरङको रतुवामाईमा शङ्कास्पद अवस्थामा आज (मङ्गलबार) बिहान एक पुरुषको शव फेला परेको छ ।

नेपाल–भारत सीमा क्षेत्रको दशगजानजिक रतुवामाई नगरपालिका–२ यादव टोलमा अन्दाजी २५÷३० वर्षका जस्तो देखिने पुरुषको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । मृत फेला परेका पुरुषको पहिचान खाल्न बाँकी रहेको र घटनाका बारेमा अनुसन्धान थालिएको राईले बताए ।

cura insider

उनका अनुसार घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका हुन् । मृतक नेपाली हुन कि भारतीय नागरिकभन्ने पनि खुल्न बाँकी छ । उनको हत्या भएको हो या हैनभन्ने पनि यकिन हुन नसकिरहेको डिएसपी राईले बताए ।

उनका अनुसार घटनास्थल दशगजाबाट लगभग एक सय ५० मिटरजति उत्तर नेपालतर्फ पर्छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शव भेटिएको स्थान वरपर मान्छेको बसोबास र वस्ती पनि कम छ । शङ्कास्पद अवस्थामा पुरुष मृत फेला परेपछि विभिन्न कोणबाट अनुसन्धान भइरहेको राईले बताए ।

jackson ribon