birat ribon

खाेपका विषयमा राष्ट्रपतिकाे सक्रियतालाई अन्यथा नमानाैँ : याेगेश भट्टराई

Neuro
खाेपका विषयमा राष्ट्रपतिकाे सक्रियतालाई अन्यथा नमानाैँ : याेगेश भट्टराई

काठमाडाैँ/ नेकपा एमालेका नेता याेगेश भट्टराईले खाेप सहयाेग गर्न अनुराेध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रप्रमुखहरूलाई गरेकाे पत्राचारलाई अन्यथा मान्न नहुने बताएका छन् ।

मङ्गलवार ट्विटरमार्फत नेता भट्टराईले सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउने भए त्यसलाई अन्यथा मान्नु नहुने बताएका हुन् ।

cura insider

‘राजनीतिक विषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संविधानले नै सीमाबद्ध गरिदिएको छ। सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नुहुन्न,’ उनले लेखेका छन्, ‘खोपका लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्ने कि ?’

खाेपका लागि राष्ट्रपतिले सक्रियता देखाएपछि उनकाे विभिन्न तहबाट विराेध हुँदै आएकाे छ ।

jackson ribon