birat ribon

विश्वकै धनी व्यक्तिको सूचिमा फ्रान्सका बर्नाड अरनल्ट

Neuro
विश्वकै धनी व्यक्तिको सूचिमा फ्रान्सका बर्नाड अरनल्ट

विराटनगर / फ्रान्सका व्यावसायी बर्नाड अरनल्ट विश्वकै सबैभन्दा धनी व्यक्तिको पहिलो नम्बरमा परेका छन् ।

यसअघि यो सूचिमा जेफ बेजोस थिए । उनलाई पछि पार्दै बर्नाड विश्वकै धनी व्यक्तिमा पर्न सफल भएका हुन् । उनीसँग विश्वमा सबैभन्दा बढी सम्पत्ति रहेको बताइएको छ ।

cura insider

फोर्ब्सको रियलटाइम बिलिनियर्स इन्डेक्स अनुसार मे ३१ तारिखका दिन बर्नाडसँग एक सय ९१ दशमल एक अर्ब डलर बराबरको सम्पत्ति छ । ईकमर्स कम्पनी अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति एक सय ८७ अर्ब अमेरिकी डलर छ ।

बर्नाड अर्नल्ट लग्जरी सामान बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एलभीएमएच (मोटे हेनेसी लुइस भिट्टन) का अध्यक्ष हुन् । उनीसँग अरु ७० अन्य ब्राण्डसमेत छन् । अर्बपतिको सूचकाङ्कमा सबैभन्दा धनीको रुपमा सूचिकृत हुनेमा बर्नाड र जेफ बेजोसपछि क्रमशः टेस्लाका सीईओ एलन मस्क र माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् ।

उनीहरु पटकपटक विश्वकै धनाड् व्यक्तिको सूचिमा परिसकेका व्यावसायी हुन् । व्यावसायीको सम्पत्ति बढ्नुमा सबैभन्दा ठूलो कारण कम्पनीको शेयर मूल्यमा भएको भारी वृद्धि हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: