birat ribon

क्यानडामा भेटियो विद्यार्थीको सामूहिक चिहान

Neuro
क्यानडामा भेटियो विद्यार्थीको सामूहिक चिहान

विराटनगर / क्यानडामा विद्यार्थीको सामूहिक चिहान फेला परेको छ ।

आदिवासी समूदायका लागि तयार गरिएको पूर्व आवसीय विद्यालयमा दुई सय १५ विद्यार्थीको सामूहिक चिहान भेटिएको हो । ब्रिटिस कोलम्बियामा सन् १९७८ मा बन्द भएको कम्लूप्स इन्डियन रेजिडेन्शियल स्कूलका विद्यार्थीहरुको सामूहिक चिहान भेटिएको हो ।

cura insider

भेटिएका शवमध्ये केही तीन वर्षसम्मका बालिबालिकाको रहेको बताइएको छ । विद्यार्थीको सामूहिक चिहान भेटिएसँगै क्यानडाका आदिवासी समुदायले सामूहिक चिहानहरुको खोजी गर्न आग्रह गरेपछि सरकार दबाबमा परेको छ ।

विद्यार्थीहरुको सामूहिक चिहान भेटिएपछि प्रधानमन्त्री जस्टिन ट्रूडोले सहयोगको घोषणा गरेका छन् । तर उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् ।

यस सम्बन्धी जानकारी गएको बिहीबार टेमलप्स टी क्वपेमसी फर्स्ट नेशनका प्रमुखले दिएका थिए । फर्स्ट नेशनको एसेम्ब्लीका राष्ट्रिय प्रमुख पेरी बेलेगार्डले परिवारलाई सत्य जान्ने र शोकबाट निष्कने अवसर दिनुपर्ने बताएपछि यो विषयले सर्वत्र चर्चा पाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: