birat ribon

मेस्सीसँग खेल्न पाउने आशा छ : अगुएरो

Neuro
मेस्सीसँग खेल्न पाउने आशा छ : अगुएरो

विराटनगर / सोमबार अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले बार्सिलोनामा अनुबन्ध भएर आफ्नो बाल्यकालको सपना पूरा गरे । म्यानचेस्टर सिटीबाट फ्रि ट्रान्सफरमा क्याप नोउ आएका ३२ वर्षीय अगुएरो अब राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीसँग एक साथ खेल्ने अपेक्षामा छन् ।

सिटीमा दस वर्ष बिताएका उनले बार्सिलोनामा दुई वर्षका लागि सम्झौता गरे । उनी सिटीका सर्वाधिक गोलकर्ता पनि हुन् । उनले इङ्ग्लिस क्लब सिटीका लागि तीन सय ९० खेल खेल्दा दुई सय ६० गोल तथा ७३ असिस्ट गरेका छन् ।

cura insider

अब, ला लिगामा तेस्रो स्थानमा चित्त बुझाएको बार्सिलोनाले मेस्सीका नजिकका साथीसमेत रहेका अगुएरोको आगमनले प्रदर्शनमा सुधार गर्ने अपेक्षा गरिएको छ । तर सर्वाधिक छ पटकका बालोन डी‘ओर मेस्सीले भने बार्सिलोनामा सम्झौता गरिसकेको अवस्था छैन । यसैले पनि उनी अन्यत्र क्लब जानसक्ने सम्भावना छ ।

यता, अगुएरोले भने मेस्सीसँग खेल्न पाउने आशा गरेका छन् । ‘मलाई आशा छ कि मेस्सी र मैले एक साथ खेल्न पाउनेछौँ । हामीले राष्ट्रिय टोलीबाट सँगै खेलेका पनि छौँ’, सार्वजनीकरण कार्यक्रममा उनले भने, ‘तर यो उनकै निर्णय हो । उनीसँग खेल्न पाउनु खुसीको कुरा हो अनि गर्वको पनि । म उनको साथ थिएँ र उनलाई राम्रोसँग चिन्दथेँ ।’

यसैगरी अगुएरोले मेस्सी बार्सिलोनामा बस्नेमा आफू विश्वस्त रहेको सुनाए । प्रत्येक दिन मेस्सीसँग कुराकानी हुने बताउँदै उनले भने, ‘मेरो विचारमा उनी पक्कै पनि बार्सिलोनामै बस्छन् । म उनीसँग हरेक दिन कुरा गर्छु तर के कुरा गर्छु भन्न सक्दिनँ । उनले मलाई बधाईसमेत दिएका छन् । सानै उमेरदेखि चिन्छु उनलाई किनकि उनीसँगै प्रत्येक दिन प्रशिक्षण गरेको छु ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: