birat ribon

पिसिआर परीक्षणका नाममा मनपरी असुली, चार कर्मचारी निलम्बित

Neuro
पिसिआर परीक्षणका नाममा मनपरी असुली, चार कर्मचारी निलम्बित

दमौली / पिसिआर परीक्षण गर्ने भनेर तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका कर्मचारीले सर्वसाधारणसँग मनपरी असुली गरिरहेको पाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउनका लागि पिसिआर परीक्षणका नाममा सर्वसाधारणसँग पैसा उठाएर ठगी गरिएको धन्दामा कर्मचारीकै सङ्लग्नता देखिएको हो । सर्वसाधारणसँग रकम उठाउने चार कर्मचारीलाई केन्द्रले निलम्बन गरेर आवश्यक काराबाहीका लागि छानबिनको दायरामा ल्याएको छ ।

cura insider

सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भनी निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने चार कर्मचारीलाई उपचार केन्द्रले कारबाही थालेको हो । निलम्बनमा पर्नेमा सुधन पन्त, आनन्दप्रसाद ढुङ्गाना, विधान तिमिल्सिना र मदन श्रेष्ठ छन् ।

उनीहरुलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको र उक्त कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म निलम्बन गरिएको उपचार केन्द्रले जानकारी दिएको छ । उपचार केन्द्रबाट हाल प्रदान भइरहेको सेवाको गुणस्तरमा कुनै प्रकारको कमी कमजोरी हुन नदिन प्रशासन प्रतिबद्ध रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।

सेवाग्राही तथा सरोकारवालाहरुबाट केन्द्रले सदैव पाइरहेको विश्वास र भरोसा आगामी दिनमा पनि निरन्तर रहने केन्द्रले जनाएको छ । सत्र जनासँग पिसिआर रिपोर्टका लागि भन्दै उठाइएको रु तीन हजार गत बुधबार फिर्ता गरिएको थियो । रासस

jackson ribon

प्रतिक्रिया दिनुहोस्: