birat ribon

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

Neuro
बाघको आक्रमणबाट वृद्धाको मृत्यु

बर्दिया / बर्दियाको मधुवन नगरपालिका–५ मा ६६ वर्षीया वृद्धा महिलाको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ ।

पाटेबाघले आक्रमण गर्दा वृद्धा महिला नन्दकला थापा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा उनलाई पाटेबाघले नियन्त्रणमा लिएर जङ्गलभित्र लगेको थियो ।

cura insider

बाघले आक्रमण गर्दै नियन्त्रणमा लिए पनि उनी फुत्किन सकिनन् । खोजी गर्ने क्रममा वृद्धालाई जङ्गलभित्र मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए । रासस

jackson ribon