birat ribon

आठ लाख डोज चिनियाँ खोप आज ल्याइँदै

Neuro
आठ लाख डोज चिनियाँ खोप आज ल्याइँदै

विराटनगर / चीन सरकारले नेपाललाई अनुदान सहयोग गर्ने घोषणा गरेको कोरोना भाइरसविरुद्धको खोप आज (मङ्गलबार) ल्याइँदै छ ।

चीनले १० लाख डोज खोप नेपाललाई सहयोग गर्ने घोषणा यसअघि नै गरिसकेको छ । घोषणा गरिएको मध्ये आठ लाख डोज खोप आज नेपाल ल्याइने भएको हो ।

cura insider

खोप लिनकै लागि नेपाल एयरलाइन्सको चार्टर विमान हिजो (सोमबार) चीनतर्फ गएको थियो । त्यही विमान आज खोप बोकेर नेपाल आउँदै छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब आठ लाख डोज आज नेपाल आइपुग्ने नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार खोप लिनलाई सोमबार राति ११ बजे विमान चीनको राजधानी बेइजिङतर्फ गएको छ ।

पौडेलले विमान आज दिउँसो २ बजेतिर नेपाल फर्किने बताए । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: