birat ribon

मेस्सी र रोनाल्डोलाई उछिन्दै लेवान्डोस्कीले जिते युरोपियन गोल्डेन बुट

Neuro
मेस्सी र रोनाल्डोलाई उछिन्दै लेवान्डोस्कीले जिते युरोपियन गोल्डेन बुट

विराटनगर / जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले यस सिजनको युरोपियन गोल्डेन बुट जितेका छन् । यस सिजन कुल ४१ गोल गरेका लेवान्डोस्कीले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पछि युरोपियन गोल्डेन बुट जितेका हुन् ।

लेवान्डोस्कीले ८२ अङ्क प्राप्त गरे भने मेस्सीले ६० तथा रोनाल्डोले ५८ अङ्क पाए । युरोपका शीर्ष ५ डिभिजनमा एक गोलको २ अङ्क भार हुने गर्दछ । अन्य लिगको १.५ अङ्क भार राखिएको छ ।

cura insider

लेवान्डोस्कीले यस सिजन बुन्डेसलिगामा २९ खेल खेल्दा ४१ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा ६ खेल खेल्दा पाँच गोल गरेका छन् ।

अघिल्लो सिजन भने लाजियोको सिरो इमोविलेले यो अवार्ड जितेका थिए ।

गोल्डेन बुट दौडमा चौथो स्थानमा फ्रान्कफर्टका आन्द्रे सिल्भा रहन सफल हुँदा पाँचौँ स्थानमा बोरुसिया डर्टमुन्डका इयर्लिङ हालान्ड रहे । सिल्भाले ५६ अङ्क पाउँदा हालान्डले ५४ अङ्क पाए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: