birat ribon

अनलाइन माध्यमबाट स्ट्यान्ड अप कमेडीको ‘च्यारिटी शो’ आयोजना हुने

Neuro
अनलाइन माध्यमबाट स्ट्यान्ड अप कमेडीको ‘च्यारिटी शो’ आयोजना हुने

विराटनगर / विनोद मिश्रा फाउन्डेसनले अनलाइन माध्यमबाट स्ट्यान्ड अप कमेडीको ‘च्यारिटी शो’ आयोजना गर्ने भएको छ । यो ‘च्यारिटी शो’ किड्नी (मिर्गौला) पीडितको उपचार खर्चका लागि आयोजना गर्न लागिएको हो ।

टिम जितपुरले व्यवस्थापन गर्ने यस शोमा आदर्श मिश्रासँगै सन्दीप क्षेत्री, आयुश श्रेष्ठ, योजना मगर, सजन श्रेष्ठ, एलन जङ थापा, सुमन कार्की र सुशान्त बस्यालले प्रस्तुति दिने छन् । शोको होस्ट पुजन अधिकारीले गर्ने छन् ।

cura insider

‘च्यारिटी शो’ मा सहभागी हुन इच्छुकले मोबाइल वालेटमार्फत रु. तीन सयको टिकट खरिद गर्नुपर्ने हुन्छ । टिकट शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्ट अर्थात मोबाइल वालेट (ई–सेवा, खल्ती र आइएमी पे) प्रयोग गर्न सकिन्छ ।

बुवा विनोद मिश्राको निधनपछि चर्चामा आएका आदर्शले आफ्नो बुबा जसरी उपचार नपाएर अरू कसैको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ यो कदम चालेका हुन् । उनले आफ्नो बुबाको नाममा ‘विनोद मिश्रा फाउन्डेसन’ को स्थापना गरेका छन् ।

भर्चुअल माध्यमबाट आयोजना हुन लागेको ‘स्ट्यान्ड अप कमेडी शो’ आगामी जेष्ठ २४ गते दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

jackson ribon