birat ribon

रोनाल्डो सिजनकै उत्कृष्ट फरवार्ड

Neuro
रोनाल्डो सिजनकै उत्कृष्ट फरवार्ड

विराटनगर / इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सिजनकै उत्कृष्ट फरवार्ड घोषित् भएका छन् । पोर्चुगिज स्ट्राइकर रोनाल्डो सिरी ‘ए’ २०२०–२१ को उत्कृष्ट फरवार्ड घोषित् भएका हुन् ।

सिरी ‘ए’ले सोमबार ३६ वर्षीय रोनाल्डोलाई उत्कृष्ट फरवार्ड घोषणा गरेको हो । यसअघि रोनाल्डोले सिरी ‘ए’को गोल्डेन बुट जित्दै कीर्तिमान बनाएका थिए । उनी युरोपका शीर्ष तीन लिगबाट गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी बनेका हुन् । यसअघि रोनाल्डोले प्रिमियर लिग र ला लिगामा गोल्डेन बुट जितिसकेका छन् ।

cura insider

रोनाल्डोले सिरी ‘ए’मा इन्टर मिलानका रोमेलु लुकाकुलाई पछि पार्दै गोल्डेन बुट अवार्ड जितेका हुन् । उनले रोनाल्डोले यस सिजन ३३ खेलमा २९ गोल गरे । तथापि, उनी यस पटक लिग जित्न असफल बने । उनी सम्मेलित टिम युभेन्टस भने यस सिजन चौथो स्थानमा सीमित बन्यो ।

लिग च्याम्पियन टिम इन्टरका लुकाकुले ३६ खेलमा २४ गोल गरे ।

सिरी ‘ए’को उत्कृष्ट मिडफिल्डर भने इन्टरका निकोलो बरेला बनेका छन् ।

jackson ribon