birat ribon

काठमाडौँमा ९३ वर्षीया आमाले जितिन् कोरोना

Neuro
काठमाडौँमा ९३ वर्षीया आमाले जितिन् कोरोना

काठमाडौँ / काठमाडौं सिनामङ्गलकी ९३ वर्षीया सुशीला भुजेलले कोरोना जितेर घर फर्किएकी छन् । कोरोना सङ्क्रमण भएको २४ दिनपछि हिजो आइतबार परीक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन् ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत वैशाख २४ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् ।

cura insider

कोरोना सङ्क्रमणका कारण आफूलाई कुनै ठुलो समस्या नदेखिएको उनले बताइन् । युथ फर नेशनले कोरोना सङ्क्रमितलाई चिकित्सकहरूको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना सङ्क्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए ।

jackson ribon