birat ribon

चीनमा एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने

Neuro
चीनमा एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने

विराटनगर / चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउनसक्ने नीति सार्वजनिक गरेको छ । घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले दुई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको हो ।

यस महिना जारी गरिएको एक दशकपछिको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मेका देखाएको थियो जुन सन् २०१६ को (एक करोड ८० लाख) भन्दा कम हो ।

cura insider

यो जन्मदर चीनले खाद्यान्न अभावको अधिक सङ्कट व्यहोरेको सन् २०६१ पछिको सबैभन्दा कम जन्मदर हो । सन् २०२० को जनगणनाले चिनियाँहरूको बच्चा जन्माउन सक्ने प्रजनन दरमा देखिएको ह्रासपछि चीन प्रशासनले तीन बच्चा नीतिलाई अघि सारेको हो । सो जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको थियो ।

jackson ribon