birat ribon

कोपा अमेरिका पुनः ब्राजिलमा हुने

Neuro
कोपा अमेरिका पुनः ब्राजिलमा हुने

विराटनगर / दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जानकारी दिएको छ ।

यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो । कोलम्बियाले राजनैतिक अस्थिरताका कारण नगर्ने जनाएपछि अर्जेन्टिनामा हुने तय भएको थियो । तर आजै मात्र कन्मेबोलले कोरोना भाइरसको महामारीको कारण अर्जेन्टिनामा कोपा अमेरिका आयोजना नहुने जनाएको थियो ।

cura insider

त्यसपछि कन्मेबोलले अन्य राष्ट्रहरूसँग छलफल गरी ब्राजिलमा हुने टुङ्गो लगाएको हो । अघिल्लो संस्करको कोपा अमेरिका ब्राजिलमै भएको थियो । जसको उपाधि ब्राजिलले नै उचालेको थियो । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने कन्मेबोलले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: