birat ribon

अगुएरो बार्सिलोनामा अनुबन्धित

Neuro
अगुएरो बार्सिलोनामा अनुबन्धित

विराटनगर / अर्जिन्टिनी फरवार्ड सर्जियो अगुएरो बार्सिलोनामा अनुबिन्धत भएका छन् । सोमबार बार्सिलोनाले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबाट अनुबन्ध गरिएको जानकारी दिएको छ ।

बार्सिलोनामा अनुबन्ध हुनका लागि उनी पोर्चुगलको पोर्टोमा च्याम्पियन्स लिगको फाइनल खेलेर सीधै स्पेन पुगेका थिए । ३२ वर्षीय अगुएरो बार्सिलोनामा अनुबन्ध हुनका आइतबार लागि क्याटलान सहर पुगेका थिए । सोही दिन नै बार्सिलोनामा उनको मेडिकल जाँच गरिएको थियो ।

cura insider

फ्री ट्रान्सफरमा बार्सिलोनामा अनुबन्ध भएका उनले सन् २०२३ सम्मका लागि सम्झाैता गरेका छन् । सिटीका सर्वाधिक गोलकर्तासमेत रहेका अगुएरोले पाँच प्रिमियर लिगको उपाधिसहित १५ वटा ट्रफी जितेका छन् ।

jackson ribon