birat ribon

कोरोनाबाट त्रिविका २३ कर्मचारीको निधन

Neuro
कोरोनाबाट त्रिविका २३ कर्मचारीको निधन

काठमाडौँ / कोरोना भाइरस सङ्क्रमणका कारण त्रिभुवन विश्वविद्यालयका २३ जना प्राध्यापक तथा कर्मचारीको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।

सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दीपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक शिक्षकमा मनोज चौरसिया र नविन कर्णको सङ्क्रमणका कारणले निधन भएको हो ।

cura insider

त्रिविले अहिलेसम्म ६ सय १६ जना शिक्षक, कर्मचारी सङ्क्रमित भएको जनाएको छ । त्रिविले सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ ।

सङ्क्रमणका कारण त्रिविका ७९ शिक्षण इकाइले पूर्ण रूपमा र ३० वटा निकायले आंशिक रूपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिए ।

आंक्षिक अनलाइन कक्षा सञ्चालन भएकोमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशतभन्दा बढी कक्षा भइरहेका छन् । त्रिविले चार वटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारीमा रहेको छ । रासस

jackson ribon

प्रतिक्रिया दिनुहोस्: