birat ribon

सोमबार प्रदेश १ मा नौ सय ९३ जना निको हुँदा ६ सय ९७ सङ्क्रमित थपिए

Neuro
सोमबार प्रदेश १ मा नौ सय ९३ जना निको हुँदा ६ सय ९७ सङ्क्रमित थपिए

विराटनगर / प्रदेश १ मा सोमबार नौ सय ९३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा चार सय ४५ महिला र पाँच सय ४८ पुरुष सङ्क्रमणबाट मुक्त भएको जनाएको छ । यससँगै प्रदेशमा हालसम्म ३६ हजार पाँच सय ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै प्रदेश १ मा आज ६ सय ९७ जना कोराना सङ्क्रमित थपिएका छन् । आज थपिनेमा मोरङका दुई सय ५०, झापाका एक सय ८०, सुनसरीका एक सय ६३, तेहथुमका २५, खोटाङका २३, धनकुटाका २१, उदयपुरका सात, इलामका ६, भोजपुरका तनि, पाँचथर र सङ्खुवासभाका एक–एक जना र प्रदेश १ बाहिरका १७ जना रहेका छन् ।

cura insider

मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुषसहित एक सय ४४, सुन्दरहरैँचामा ३०, उर्लाबारीमा १८, केराबारी र रतुवामाईमा १५–१५, बेलबारीमा १४, पथरीशनिश्चरे र बूढीगङ्गामा तीन–तीन, मिक्लाजुङमा दुई, कटहरी, लेटाङ, जहदा, ग्रामथान, रङ्गेली र स्थानीय तह नखुलेका एक–एक जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५८ हजार ७९ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ६ सय २२ पुगेको छ ।

jackson ribon