birat ribon

विराटनगरमा सङ्क्रमितको शव व्यवस्थापनमा स्काउटको टोली

Neuro
विराटनगरमा सङ्क्रमितको शव व्यवस्थापनमा स्काउटको टोली

विराटनगर / नेपाल स्काउटका सदस्यले कोरोना सङ्क्रमितको शव व्यवस्थापन सुरु गरेका छन् । केही दिनअघि नेपाली सेनाबाट शव व्यवस्थापनको तालिम लिएका स्काउटका सदस्यले विराटनगरमा सङ्क्रमितको शव व्यवस्थापन सुरु गरेका हुन् ।

सोमबार नेपाल स्काउट प्रदेश १ तदर्थ समिति संयोजक रवि खनालको नेतृत्वमा खटिएकाे टाेलीले विराटनगर महानगरपालिका- ३ का ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेकाे थियाे ।

cura insider

सङ्क्रमितको शव शव व्यवस्थापनका लागि झापा, मोरङ र सुनसरीका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो ।

संयोजक खनालका अनुसार तालिमपछि मोरङमा शव व्यवस्थापनमा टाेली खटिएकाे हाे । सुनसरी र झापामा सङ्क्रमितको शव व्यवस्थापनमा स्काउटर खटिनेछन् ।

शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकहरुलाई अलग्गै बस्ने व्यवस्था मिलाइएको उनले बताए ।

होम आइसोसेलसनमा बसेका सङ्क्रमितका लागि डाक्टर अनकल हेल्पलाईन सेवा पनि सञ्चालन गरिरहेको उनले बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: