birat ribon

बालोन डी‘ओर पावर र्‍याङ्किङ : कान्टे शीर्ष स्थानमा (सूचीसहित)

Neuro
बालोन डी‘ओर पावर र्‍याङ्किङ : कान्टे शीर्ष स्थानमा (सूचीसहित)

विराटनगर / सन् २०१९ को बालोन डी‘ओर बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जिते । सातौँ पटक अवार्ड जित्दै अर्जेन्टिनी स्टार मेस्सी सर्वाधिक धेरै पटक बालोन डी‘ओर जित्ने खेलाडीसमेत बने ।

तर सन् २०२० को बालोन डी‘ओर अवार्ड कोरोना भाइरस महामारीका कारण स्थगित भयो । अब भने २०२१ मा भने बालोन‘डी ओरको दौड चलिरहेको छ । जसमा यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समावेश छन् ।

cura insider

हालै बालोन डी‘ओरको पावर र्‍याङ्किङ सार्वजनिक भएको छ । जसमा युरोपियन च्याम्पियन चेल्सीका स्टार एनगोलो कान्टेले शीर्षता बनाएका छन् ।

सन् २०१७ को बालोन डी‘ओर पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले जितेका थिए । सो वर्ष अवार्ड जित्ने फ्रेन्च स्टार एन‘गोलो कान्टे आठौँ स्थानमा थिए । तर यस सिजन भने उनी प्रवल दाबेदारका रूपमा छन् ।

सन् २०२०–२१ को च्याम्पियन्स लिग चेल्सीले जित्दा उनी एक महत्त्पूर्ण खेलाडी बन्न सफल भएका छन् । ३० वर्षीय कान्टे च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनको पहिलो र दोस्रो लेगमै म्यान अफ द म्याच बन्न सफल भएका थिए ।

शनिबार राति म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलमा पनि उनले नै म्यान अफ द म्याचको अवार्ड पाए । यसले पनि कान्टे यस पटक बालोन डी‘ओरको प्रवल दाबेदारका रूपमा छन् ।

यस्तो छ बालोन डी‘ओर हकदार टप–२० खेलाडीको सूची
२०. नेयमार (पिएसजी)
१९. जेरार्ड मोरेनो (भिल्लारियल)
१८. थोमस मुलर (बायर्न म्युनिख)
१७. जाडोन सान्चो (बोरुसिया डर्टमुन्ड)
१६. लुइस स्वारेज (एथ्लेटिको मड्रिड)
१५. ह्यारी केन (टोटनह्याम)
१४. ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड)
१३. मासोन माउन्ट (चेल्सी)
१२. इल्के गुन्डोगान (म्यानचेस्टर सिटी)
११. इयर्लिङ हालान्ड (बोरुसिया डर्टमुन्ड)
१०. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)
९. फिल फोडेन (म्यानचेस्टर सिटी)
८. करिम बेन्जेमा (रियल मड्रिड)
७. रोमलु लुकाकु (इन्टर मिलान)
६. रुबेन डियाज (म्यानचेस्टर सिटी)
५. लियोनल मेस्सी (बार्सिलोना)
४. केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी)
३. रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)
२. किलियन एम्बाप्पे (पिएसजी)
१. एन‘गोलो कान्टे (चेल्सी)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: