birat ribon

ओलीको अहङ्कार र सबैलाई पेल्ने प्रवृत्तिले एमालेमा विवाद उत्पन्न : मिनेन्द्र रिजाल

Neuro
ओलीको अहङ्कार र सबैलाई पेल्ने प्रवृत्तिले एमालेमा विवाद उत्पन्न : मिनेन्द्र रिजाल

काठमाडौँ / नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले काङ्ग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन् । नेकपा (एमाले)भित्र झगडाको बिउ आफूहरूले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहङ्कार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताए ।

सरकारविरुद्ध काङ्ग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागबीच पनि सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याई आफैँ आलोचित हुँदासम्म पनि काङ्ग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उनले अहिले भने देश र जनताको बृहत्तर साथ र हितलाई ध्यान दिँदै प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताए ।

cura insider

‘पर्यटनमन्त्रीको आरोप निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहङ्कार र सबैलाई पेल्ने प्रवृतिका कारण पार्टी फुटको सङ्घारमा पुग्दापनि हामी संयमित भयौँ,’ उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताएका थिए । मन्त्रीको सोही प्रतिक्रियाप्रति टिप्पणी गर्दै काङ्ग्रेस नेता रिजालले काङ्ग्रेसको प्रधानमन्त्रीमा दाबी कसैलाई फुटाउनको निम्ति नभएको स्पष्ट पारेका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: