birat ribon

बजेटमा जनमत प्रभावित गर्ने दुरासय छ : नेपाली काङ्ग्रेस

Neuro
बजेटमा जनमत प्रभावित गर्ने दुरासय छ : नेपाली काङ्ग्रेस

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बजेटमा समावेश योजना र कार्यक्रमहरू जनमत प्रभावित गर्ने दुरासययुक्त रहेको निष्कर्ष निकालेको छ ।

कोभिड महामारीले अर्थतन्त्र र जनजीविका नराम्रोसँग प्रभावित भएको समयमा सरकारले भने निर्वाचन केन्द्रित भएर जनमत प्रभावित गर्ने दुरासयका साथ सोही ढङ्गका योजना र कार्यक्रम बजेट वक्तव्यमा समावेश गरेको ठहर काङ्ग्रेसले गरेको छ । सिंहदरबारस्थित संसदीय दलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारको छाया अर्थमन्त्री समेत रहेका नेता डाक्टर मिनेन्द्रप्रसाद रिजालले २०७८/७९ को बजेट वक्तव्यमा भ्रमको खेति गरी जनमत प्रभावित गर्ने सरकारी दुरासययुक्त रहेको बताए ।

cura insider

उनले भने, ‘योजना कार्यान्वयन गर्ने क्षमता छैन तर आकाशको जूनतारा नै खसाल्छु भन्ने भ्रमको खेती गर्न अघिल्लो निर्वाचनझैं गरी जनमत प्रभावित गर्ने सरकारी दुरासय बजेट वक्तव्यमा प्रष्ट छ ।’

उनले आगामी आर्थिक वर्ष र चालु आर्थिक वर्षका लागि संशोधन गरिएको राजश्व सङ्कलन गर्ने योजना विफल हुने ठोकुवा गरे । उनले सरकारले नागरिकको थाप्लोमा ऋणको बोझ बढाएर अनुत्तरदायी व्यवहार र आचरणको पराकाष्ट नाघेको टिप्पणी गरे ।

कोरोनाको पहिलो लहरले १२ लाख नेपालीलाई बेरोजगार बनाएको र दोश्रो लहरले थप बेरोजगारी बढाएको, खोपको सुनिश्चितता गर्न नसक्दा अपेक्षा गरिएअनुसार राजश्व सङ्कलन, पुँजीगत खर्चलगायत बजेटमा गरिएको आम्दानीका अन्य लक्ष्यहरू पूरा हुन नसक्ने ठहर काङ्ग्रेसले गरेको छ । त्यसैगरी अर्थतन्त्र सीमान्त मात्रै विस्तार हुने भन्दै सरकारले आँकलन गरेको साढे ६ प्रतिशत पुग्न नसक्ने दाबी पनि काङ्ग्रेसको छ ।

काङ्ग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदममाथि परेको मुद्दा सर्वोच्चमा परीक्षण भइरहेको अवस्थामा सरकारले संसद छलेर बजेट ल्याउन नसक्ने दाबी पनि गरेको छ ।

काङ्ग्रेसले जनमत गुमिसक्दा र शासकीय नेतृत्वको असफलतापछि पनि सरकार साढे तीन वर्षअघिको जनमतको भ्रमबाट मुक्त हुन नसकेको टिप्पणी गरेको छ ।

पत्रकार सम्मेलनमा छायामन्त्री डाक्टर रिजालले अघिल्लो वर्ष माघ १४ गते प्रधानमन्त्रीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने प्रतिबद्धता जारी गरेको स्मरण गराउँदै अहिलेसम्म दुई लाख ३२ हजार नागरिकले मात्रै दुवै डोज लगाउन पाएको तथ्याङ्क प्रस्तुत गरे । उनले खोपको पहिलो डोज लगाउनेका लागि दोस्रो डोजको सुनिश्चितता गर्न पनि सरकार असफल भएको टिप्पणी गरे ।

उनले बजेट वक्तव्यमा लेखिएका नारा, खोप, औषधि र उपकरण अनि अस्पताल होइन अघिल्लो वर्षभन्दा तीन गुना लामो वक्तव्यमा सरकारले आफ्ना योजनाहरू आकाशको जूनतारा नै खसाल्छु भनेझै गरी अघि सारेको टिप्पणी गरे । सरकारको बजेटले कोभिड महामारीबाट नराम्रोसँग जनजीविका प्रभावित भएकामा कसैमा पनि आशा जागृत गराउन नसकेको टिप्पणी गरे ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: