birat ribon

खोप लगाएपछि सङ्क्रमित भए चार फरक लक्षण देखिने

Neuro
खोप लगाएपछि सङ्क्रमित भए चार फरक लक्षण देखिने

विराटनगर / भाइरसविरुद्ध पूर्ण रूपमा खोप लगाएका मानिसमा सङ्क्रमणको जोखिम कम हुने बताइएको छ ।

तर, खोप लगाएपछि पनि भाइरसको सङ्क्रमण हुने जोखिम रहनसक्छ । खोपले कोरोना भाइरसको सङ्क्रमणबाट रोक्न नसके पनि भाइरसका खतरनाक प्रकारबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सक्ने ठानिएको छ । विज्ञका अनुसार खोप लगाएपछि सङ्क्रमण भएमा देखिने लक्षणहरू कोरोना भाइरस सङ्क्रमण हुँदा देखिने सामान्य लक्षणभन्दा फरक हुनसक्छ ।

cura insider

किङ्ग्स कलेज लन्डनमा गरिएको अध्ययनअनुसार मानिसले खोप लगाएर पनि भाइरसबाट सङ्क्रमित हुन सक्छन् । तर, खोप लगाएपछि सङ्क्रमित हुने मानिसको सङ्ख्या कम हुने विज्ञहरूले पत्ता लगाएका हुन् । अध्ययनले जोइ कोभिड लक्षण एपबाट सङ्कलित डाटाका अनुसार ११ लाख प्रयोगकर्तामध्ये खोपको पहिलो डोज लिएकामध्ये ०.२ प्रतिशत सङ्क्रमित भएका थिए ।

त्यस्तै, खोपको दुबै डोज लिएकामध्ये ०.०३ प्रतिशतमात्र सङ्क्रमित भएका छन् । अध्ययनले महिलाहरू, मोटोपनको समस्या भएका मानिस, ६० वर्षभन्दा माथिका मानिसहरू, दम र अन्य फोक्सो सङ्क्रमणको इतिहास भएका मानिसलाई खोप लगाएपछि पनि सङ्क्रमण हुने सम्भावना बढी हुने देखाएको छ ।

अध्ययनले खोप नलगाएका मानिसको तुलनामा लगभग ७० प्रतिशतमा ज्वरो र ५५ प्रतिशतमा थकान बढ्ने सम्भावना कम रहेको देखाएको थियो । अनुसन्धानका अनुसार सास फर्न गाह्रो हुने, कान दुख्ने, हाच्छ्यु आउने, शरीरका ग्ल्यान्डहरू सुन्निने खोप लगाएका मानिस सङ्क्रमित हुँदा देखिने नयाँ लक्षण हुन् जुन अन्य कोभिडका लक्षणभन्दा फरक छन् ।

jackson ribon