birat ribon

बार्सिलोनाले कौटिन्होलाई लिभरपुल पठाउने

Neuro
बार्सिलोनाले कौटिन्होलाई लिभरपुल पठाउने

विराटनगर / बार्सिलोनाले ब्राजिलियन अट्याकिङ मिडफिल्डर फिलिपे कौटिन्होलाई पूर्वक्लब लिभरपुल पठाउने योजना बनाएको छ । हाल स्वदेशमा उपचार गरी चोटमुक्त हुन सङ्घर्षरत कौटिन्होलाई इङ्ग्लिस क्लब लिभरपुल फर्किनका लागि बार्सिलोनाले प्रस्ताव राखेको बताइएको छ ।

बार्सिलोनाले सन् २०१८ मा एक सय ३५ मिलियन युरोमा भित्र्याएको थियो । तर एक सिजन बार्सिलोनामा खेलेपछि उनी लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगेका थिए । एक सिजन खेल्दै च्याम्पियन्स लिग जितेर उनी पुनः स्पेन फर्किएका थिए ।

cura insider

तर गत मे महिनामा चोट बोकेका उनी मैदान फर्किन पाएका छैनन् । उनी अहिले पनि उपचारका लागि स्वदेशमा छन् । यता, बार्सिलोनाले भने उनलाई पुनः एन्फिल्ड गएर खेल्न सुझाव दिएको स्पेनिस मिडिया एएसले लेखेको छ । खबरका अनुसार उनलाई लिभरपुल पठाउनेगरी बार्सिलोनाले तयारी थालेको छ ।

jackson ribon