birat ribon

हालान्डको कीर्तिमान

Neuro
हालान्डको कीर्तिमान

विराटनगर / जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार इयर्लिङ हालान्डले नयाँ कीर्तिमान बनाएका छन् । यस सिजन च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बन्दै नर्वेका स्टार हालान्डले कीर्तिमान बनाएका हुन् ।

यस सिजनको च्याम्पियन्स लिगका आठ खेलमा दस गोल गरेका हालान्ड अफिसियल रूपमै सर्वाधिक गोलकर्ता बनेका हुन् । यससँगै उनी च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा कम उमेरमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । यसअघि २० वर्ष उमेरका खेलाडी च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिएनन् ।

cura insider

हालान्ड पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एम्बाप्पेलाई उछिन्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । एम्बाप्पेले दस खेलमा आठ गोल गरेका छन् । यस्तै युभेन्टसका अल्भारो मोरोटा, रियल मड्रिडका करिम बेन्जेमा, म्यानचेस्टर युनाइटेडका मार्कुस रास्फोर्ड, लिभरपुलका मोहम्मद सालाह, पिएसजीका नेयमार, चेल्सीका ओलिभर जिराउड र सेभिल्लाका युसेफ इन–नेसरीले समान ६–६ गोल गरेका छन् ।

यस सिजनको च्याम्पियन्स लिगको उपाधि चेल्सीले जितेको छ । चेल्सीले शनिबार म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: