birat ribon

इनरुवा कोभिड अस्पतालको उद्घाटन

Neuro
इनरुवा कोभिड अस्पतालको उद्घाटन

इनरुवा / इनरुवा अस्पतालमा २० शैय्याको कोभिड अस्पतालको उद्घाटन भएको छ ।

नगरप्रमुख राजन मेहताले आज कार्यक्रमबीच अस्पतालको उद्घाटन गरेका हुन् ।

cura insider

अस्पतालको आज उद्घाटन गरे पनि कोभिडका बिरामीहरूलाई बुधबारदेखि राखिने अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमित बिरामी अन्त जानु नपर्ने र इनरुवामा नै उपचार गर्ने गरी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।

इनरुवाका नगरप्रमुख राजन मेहताले कोभिड अस्पतालको उद्घाटन गर्दै नगर क्षेत्रलगायत वरपरका कोभिडका बिरामीका लागि उपचार गर्ने गरी सञ्चालनमा ल्याएको बताए ।

अस्पताल व्यवस्थापन समिति, जनस्वास्थ्य कार्यालय सुनसरी, इनरुवा नगरपालिकाको संयुक्त प्रयास र सहयोगमा सञ्चालनमा ल्याउन लागिएको कोभिड अस्पतालमा दुई वटा आईसियूको समेत व्यवस्था हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख मेहताले जिल्ला जनस्वास्थ्य सुनसरीका प्रमुख सागर प्रसाई, डाक्टर पूजा दास, अस्पताल समिति अध्यक्ष गोपालराज भण्डारी, सदस्य रामप्रसाद मेहता, तोया गिरीलगायत सबै सहयोगीलाई धन्यवाद व्यक्त गरेका थिए ।

‘कोभिड १९ का बिरामीलाई उपचार गराउने प्रबन्ध मिलाएका छौँ,’ उनले भने, ‘अक्सिजनसहितको सुविधा इनरुवा अस्पतालमा उपलब्ध गराएकाले निर्धक्क भएर कोभिड अस्पतालमा उपचार गर्न गराउन अनुरोध गर्दछु ।’

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीले धेरै प्रयास र पहलबाट जिल्ला अस्पताल इनरुवामा कोभिड अस्पताल संचालनमा ल्याउन सफल भएको बताए ।

उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र साहले कोभिड अस्पतालमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क खाना खुवाउने बताए ।

jackson ribon