birat ribon

भियतनाम भेरियन्ट निकै खतरनाक, हावाबाट पनि सर्ने

Neuro
भियतनाम भेरियन्ट निकै खतरनाक, हावाबाट पनि सर्ने

विराटनगर / विश्वमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण नभइरहेको बेला फेरि भियतनाममा कोरोनाको नयाँ खतरनाक भेरियन्ट फेला परेको छ ।

भियतनाममा भेटिएको भेरियन्ट यसअघि फेला परेका अन्य भेरियन्टभन्दा निकै खतरनाक र हावाबाट पनि सर्नेखालको रहेको विज्ञहरूले बताएका छन् । भियतनाममा भेटिएको नयाँ भेरियन्ट भारत र बेलायतमा देखिएको भेरियन्टको समिश्रण अर्थात् हाइब्रिड भेरियन्ट हो । यसको नाम नराखिए पनि यस विषयमा जानकारी पाउन थप अध्ययन थालिएको छ ।

cura insider

भियतनामका भेटिएको हाइब्रिड भेरियन्टको भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या सार्वजनिक गरिएको छैन । तर भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले नयाँ भेरियन्ट निकै खतरनाक रहेको बताएका छन् । नयाँ भेरियन्टमा भारत र बेलायतमा फेला परेका दुबै भेरियन्टका गुणहरू रहेको बताइएको छ । जसकारण नयाँ भेरियन्ट पहिलाको तुलनामा भन्दा सजिलै सर्नसक्ने र अत्यधिक सङ्क्रामक रहेको बताइएको छ ।

साथै, भाइरस हावाबाट निकै छिटो सर्न सक्नेखालको रहेको बताइएको छ । घाँटीमा भाइरस तीव्र रूपमा बढ्ने र वरपरको वातावरणमा सजिलै फैलिन्छ । नयाँ भेरियन्टको प्रयोगशाला परीक्षणमा भाइरस चाँडै बढ्ने र फैलिने देखिएको हुनाले छोटो अवधिमा भियतनामको विभिन्न भागमा कोभिड सङ्क्रमितको सङ्ख्यामा द्रुत वृद्धि हुने बताइन्छ ।

नयाँ भेरियन्टको जेनेटिक कोड छिट्टै सार्वजनिक गरिने भएको छ । भाइरसहरू जुनसुकै बेला रूप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर बलियो र बढी सङ्क्रामक हुने गर्छन् । सन् २०१९ को डिसेम्बरमा कोभिड–१९ फेला परेपछि अहिलेसम्म यसका हजारौँ परिवर्तित रूपहरू देखापरिसकेको छ ।

अधिकतर मानिसमा परिवर्तित भाइरसले पनि गम्भीर सङ्क्रमण गरेको प्रमाण छैन । तर, स्वास्थ्यमा समस्या भएका, वृद्ध उमेर समूहका मानिसमा जोखिम पहिलाको भन्दा बढी हुनसक्छ । तर नयाँ भेरियन्ट धेरै सङ्क्रामक र खतरनाक हुने हुँदा खोप नलिएका जनसङ्ख्यामा अधिकतर मृत्यु हुने सम्भावना रहन सक्छ ।

jackson ribon