birat ribon

कुवेतमा नेपाली टोलीको तयारी (फोटो फिचर)

Neuro
कुवेतमा नेपाली टोलीको तयारी (फोटो फिचर)

विराटनगर / फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणअन्तर्गत बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेतमा छ । शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेर आइतबार साँझ ६ बजे स्थलमार्ग हुँदै त्यसतर्फ प्रस्थान गरेको नेपाली टोली हिजो राति नै कुवेत पुगेको हो ।

कुवेत पुगेको नेपाली फुटबल टोलीको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । कुवेत पुगेर सबै खेलाडी र पदाधिकारीको कोरोना परीक्षण गरिएको थियो । जसमा सबै खेलाडी र पदाधिकारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

cura insider

कोरोना रिपोर्ट नेगेटिभ आएसँगै नेपाली टोलीले प्रशिक्षण थालेको छ । कुवेत पुगेपछि पहिलाे दिन नेपाली टिमकाे जिम सेसन गरेको हो । कुवेत बसाईमा विश्वकप छनोटको बाँकी खेलअन्तर्गत पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । दोस्रो खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

समूह ‘बी’अन्तर्गत पाँच खेल खेलेको नेपालको समूह तालिकामा तीन अङ्क रहेको छ । चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अङ्ग जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ । १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अङ्क जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइनिज ताइपेइ तालिकाको अन्तिम स्थानमा अङ्कविहीन छ ।

विश्वकप छनोट खेल्ने नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुनिल बल, एरिक विष्ट, मनीष डाँगी, कमल थापा, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान, सुमन लामा

स्ट्राइकर : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

तस्बिरहरू : एन्फा

jackson ribon

प्रतिक्रिया दिनुहोस्: