birat ribon

कुवेत पुगेका सबै खेलाडी र पदाधिकारीको कोरोना रिपोर्ट नेगेटिभ

Neuro
कुवेत पुगेका सबै खेलाडी र पदाधिकारीको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर / फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणअन्तर्गत बाँकी खेल खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ ।

शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेर आइतबार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको नेपाली टोली हिजो राति नै कुवेत पुगेको थियो । कुवेत पुगेर सबै खेलाडी र पदाधिकारीको कोरोना परीक्षण गरिएको थियो । जसमा सबै खेलाडी र पदाधिकारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

cura insider

कुवेत बसाईमा विश्वकप छनोटको बाँकी खेलअन्तर्गत पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । दोस्रो खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

समूह ‘बी’अन्तर्गत पाँच खेल खेलेको नेपालको समूह तालिकामा तीन अङ्क रहेको छ । चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अङ्ग जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ । १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अङ्क जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइनिज ताइपेइ तालिकाको अन्तिम स्थानमा अङ्कविहीन छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: