birat ribon

जिदानले खुलाए रियल छोड्नुको कारण

Neuro
जिदानले खुलाए रियल छोड्नुको कारण

विराटनगर / फ्रेन्च कोच जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिड छोड्नुको कारण खुलाएका छन् । यसै साता रियल छोडेका जिदानले हालै एक अन्तर्वार्ताका क्रममा रियल बसाई अन्त्य गर्नुको कारण खुलाएका हुन् ।

२०२०–२१ मा एउटा पनि उपाधि जित्न नसकेपछि निराश बनेका फ्रान्सेली प्रशिक्षक जिदानले क्लब छोडेका हुन् । उनले नेतृत्व गरेको रियलले ला लिगाको उपाधि रक्षा गर्न सकेन भने च्याम्पियन्स लिगको सेमिफाइनलबाट नै बाहिरिएको थियो ।

cura insider

जिदानले रियललाई तीन वटा च्याम्पियन्स लिग र दुई वटा ला लिगाको उपाधि दिलाएका थिए । तर सन् २००९–१० को सिजनपछि पहिलो पटक ट्रफीविहीन भएपछि निराश भएका जिदानले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजमा सम्मानको अभाव भएकोले रियल छोडेको जनाएका छन् ।

‘मैले रियल छोड्नुको कारण भनेको क्लबमा ममाथिको असम्मान हो’, उनले भने, ‘जुन सम्मान मलाई चाहिन्थ्यो, त्यो पाइनँ । यसैले मैले छोड्ने निधो गरेँ । अध्यक्षमा सम्मानको अभाव छ ।’

यस सिजनको ला लिगामा रियलले अन्त्यसम्म उपाधि होड कायमै राखेको थियो । तर अन्तयमा बाजी भने एथ्लेटिको मड्रिडले मारेको थियो । रियललाई उपाधि जिताउन नसकेपछि क्लबका अध्यक्ष पेरेज जिदानबाट रुष्ट थिए । तथापि, उनले जिदानलाई बर्खास्त भने गर्न सकेका थिएनन् ।

जिदानले रियलमा प्रशिक्षकको पद त्यागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१८ मा उनले राजीनामा दिँदै क्लबबाट बिदा लिएका थिए । पछि पुनः २०१९ मा उनी रियल फर्किए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: