birat ribon

१० मन्त्रीसहित जसपा सरकारमा जाने

Neuro
१० मन्त्रीसहित जसपा सरकारमा जाने

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचमा सत्ता साझेदारी गर्ने सहमति भएकाे छ ।

सोमबार बिहान १० बजे बालुवाटारमा सुरु भएको वार्ताका क्रममा साे समझदारी बनेकाे जसपा स्राेतले जानकारी दियाे । भेटवार्ता क्रममा आफ्ना नेता/कार्यकर्ताकाे मुद्दा फिर्ता र सरकारमा सहभागिताका विषयमा छलफल भएको बताइएकाे छ ।

cura insider

सहमति अनुसार जसपाले आठ मन्त्री र दुई राज्यमन्त्री पाउने भएकाे छ । जसपाले पार्टीभित्र छलफल गरेर सरकारमा जानेकाे नाम टुङ्ग्याएपछि केही दिनमा सरकार विस्तार गर्ने तयारी छ ।

प्राप्त जानकारीअनुसार माओवादी केन्द्रले छाडेका मन्त्रालय जसपाले पाउने भएकाे छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: