birat ribon

बेलायतले भन्यो : कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्ने

Neuro
बेलायतले भन्यो : कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्ने

विराटनगर / बेलायतले कोरोना भाइरस महामारीको सुरुवात प्रयोगशालाबाट भाइरस बाहिरिएको कारणले हुनसक्ने बताएको छ ।

अमेरिकाले वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको दाबीपछि अब बेलायतको जासुसी संस्थाले पनि कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्ने जनाएको हो । जासुसी संस्थाले भाइरस प्रयोगशालाबाट बाहिरिएको बताएसँगै बेलायतका खोप मन्त्री नदिम जहावीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)लाई थप अनुसन्धान गर्न आग्रह गरेका छन् ।

cura insider

भविष्यमा आफूलाई बचाउन र कोरोना भाइरसको उत्पत्तिबारे तथ्यहरू पत्ता लगाउन भए पनि विश्व स्वास्थ्य सङ्गठन (इब्लुएचओ) र विश्वभरका अनुसन्धानकर्ताको सहयोगमा थप अनुसन्धान हुनुपर्ने बताइएको छ । चिनियाँ प्रयोगशालाबाट भाइरस उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको छ । अमेरिकाले लामो समयदेखि कोरोना भाइरस वुहानको प्रयोगशालाबाट बाहिरिएको दाबी गर्दै आएको छ ।

चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ सातापहिले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यमा कोभिडजस्तै देखिने लक्षणसहित अस्पताल भर्ना भएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरेर ९० दिनभित्र रिपोर्ट सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

चीनले भाइरस प्रयोगशालाबाट बाहिरिएको कुरा अस्वीकार गर्दै आएको छ । चिनियाँ विदेश मन्त्रालयले कोभिड–१९ र वुहान सहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको र अमेरिकाले अरूलाई दोषी देखाउन खोजेको भन्दै आक्रोश पोखेको थियो । डब्लुएचओले पनि वुहानमै पुगेर गरेको अध्ययनपछि भाइरस प्रयोगशालाबाट बाहिरिएको पर्याप्त प्रमाण नभएको जनाएको थियो ।

jackson ribon