birat ribon

काङ्ग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गर्‍यो : मन्त्री ढकाल

Neuro
काङ्ग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गर्‍यो : मन्त्री ढकाल

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।

मन्त्री ढकालले नेकपा (एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए । दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैरलोकतान्त्रिक भएको भन्दै उनले काङ्ग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोपसमेत लगाए ।

cura insider

उनले भने, ‘अरुको घर झगडा गराएर योखालको काममा लाग्ने कुरा एकदम गलत कुरा हो । दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली काङ्ग्रेसका नेतृत्वले भन्न सक्छ ? योभन्दा गैरलोकतान्त्रिक कुरा अरु केही हुनसक्छ जस्तो मलाई लाग्दैन ।’

मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने बताए । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरणअनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनले बताए ।

मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडि बढ्ने पनि उनले बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: