birat ribon

जिदानको बहिर्गमनबाट निराश बेन्जेमा

Neuro
जिदानको बहिर्गमनबाट निराश बेन्जेमा

विराटनगर / रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले प्रशिक्षक जिनेदिन जिदानको बहिर्गमनबाट आफू निराश बनेको बताएका छन् । हाल फ्रान्सेली टोलीबाट युरो कप २०२० को तयारीमा जुटेका बेन्जेमाले जिदान ‘पूर्ण प्रशिक्षक’ रहेको जनाउँदै उनले रियल छोड्दा आफू निराश भएको बताएका हुन् ।

२०२०–२१ मा एउटा पनि उपाधि जित्न नसकेपछि फ्रान्सेली प्रशिक्षक जिदानले क्लब छोडेका हुन् । ला लिगाको उपाधि रक्षा गर्न नसक्दा र च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिँदा निराश बनेका जिदानले यसै साता रियल छोडेका हुन् ।

cura insider

‘जिजुले सधैँ मेरो पछाडि रहेर समर्थन गरे र यो स्तरसम्म पुग्नका लागि सहयोग गरे’, आइतबार पत्रकार सम्मेलनका क्रममा बेन्जेमाले भने,‘म प्रत्येक दिन उनलाई धन्यवाद दिनेछु । पक्कै पनि उनले रियल छोड्दा म निराश बनेको छु किनकि उनी एक महान् प्रशिक्षक हुन् र उनले थुप्रै उपाधिहरू जितेका छन् ।’

बेन्जेमा अहिले युरो कप २०२० को तयारीमा जुटेका छन् । फ्रान्सले १५ जुनमा जर्मनीसँग खेल्दै युरो कपको सुरुआत गर्नेछ । त्यसअघि फ्रान्सले यसै साता वेल्ससँग र ८ जुनमा बुल्गेरियासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: