birat ribon

सङ्क्रमण नभएकी महिलाबाट जन्मिएको शिशुको रिपोर्ट पोजिटिभ

Neuro
सङ्क्रमण नभएकी महिलाबाट जन्मिएको शिशुको रिपोर्ट पोजिटिभ

विराटनगर / भारतमा कोरोना भाइरस सङ्क्रमण नभएकी महिलाबाट जन्मिएको शिशुमा सङ्क्रमण देखिएको छ ।

भारतको बनारसमा शिशु जन्मनेबित्तिकै कोभिड जाँच गर्दा शिशुमा सङ्क्रमण देखिएको हो । २६ वर्षीय सुप्रियालाई २४ मेमा बनारस हिन्दु विश्वविद्यालयको एसएसएल अस्पतालमा भर्ना गरिएको थियो । उनले बच्चा जन्माउनु एक दिनअघि आरटी पिसिआर परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

cura insider

२५ मेमा उनले एक बालिकालाई जन्माएकी थिइन् । सुप्रियाका पति अनिलका अनुसार शिशु जन्मेलगत्तै शिशुको पनि कोरोना परीक्षण गरिएको थियो । बच्चा हामीलाई दिनुअघि अपरेसन थिएटरबाट नै परीक्षणका लागि नमुना लिइएको अनिलको भनाइ छ । आरटी पिसिआर परीक्षण गर्दा २६ मेमा रिपोर्ट पोजेटिभ आएको छ ।

आमाको रिपोर्ट नेगेटिभ भए पनि नवजात शिशुको रिपोर्ट पोजेटिभ आउनाले चिकित्सक र परिवारलाई स्तब्ध बनाएको छ । अहिले आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था ठिक रहेको जनाइएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: