birat ribon

भियतनाममा नयाँ भेरियन्ट देखिएपछि सम्पूर्ण सहरको परीक्षण गरिँदै

Neuro
भियतनाममा नयाँ भेरियन्ट देखिएपछि सम्पूर्ण सहरको परीक्षण गरिँदै

विराटनगर / भियतनामले हो ची मिन्ह सहरको सम्पूर्ण जनसङ्ख्याको कोभिड परीक्षण गर्ने भएको छ ।

भियतनाममा नयाँ भेरियन्टको कोरोना भाएरस फैलिरहेको पुष्टि भएपछि सम्पूर्ण सहरको जनसङ्ख्याको जाँच गराई, नयाँ सामाजिक दुरीको उपाय अपनाई कोभिड नियन्त्रण गर्ने भएको हो । भियतनाममा भेटिएको भेरियन्ट यसअघिको भन्दा निकै खतरनाक र हावाबाट पनि सर्नेखालको रहेको विज्ञहरूले बताएका छन् ।

cura insider

यसअघि फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण हुनै लाग्दा भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको हो । जसकारण हो ची मिन्ह सहरको एक करोड तीस लाख जनसङ्ख्याको कोभिड परीक्षण गर्ने भएको छ । प्रतिदिन एक लाखको कोभिड परीक्षण गर्ने दरसहित अधिकारीहरूलाई सम्पूर्ण सहरको परीक्षण गर्न चार महिना लाग्ने बताइएको छ ।

भियतनाम सरकारका अनुसार नयाँ भेरियन्ट भारत र बेलायतमा देखिएको भेरियन्टको समिश्रण भएर बनेको हो । यसले सङ्क्रमण पुष्टि भइसकेपछि मानिसको अवस्था कस्तोसम्म बनाउँछ भन्ने बारेमा पनि अध्ययन थालिएको छ । भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिनसक्ने भएकाले यो फैलन नदिन अझै थप सुरक्षात्मक उपाय अपनाउने भएको अधिकारीहरूले बताएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: