birat ribon

कोपा अमेरिका अर्जेन्टिनामा नहुने

Neuro
कोपा अमेरिका अर्जेन्टिनामा नहुने

विराटनगर / दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएको छ । कोरोना भाइरसको महामारीको कारण अर्जेन्टिनामा कोपा अमेरिका आयोजना नहुने भएको हो ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको छ । कन्मेबोलले अर्जेन्टिनामा आयोजना नगर्ने जनाउँदै अन्य राष्ट्रसँग छलफल भइरहेको जनाएको छ । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका छ ।

cura insider

सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो । यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो । कोलम्बियाले राजनैतिक अस्थिरताका कारण नगर्ने जनाएपछि अर्जेन्टिनामा हुने सतय भएको थियो ।

तर, अर्जेन्टिनामा पनि हुन नसकेको उक्त प्रतियोगिता अब उत्तर अमेरिकामा हुने सम्भावना छ । उत्तर अमेरिकामा कोपा अमेरिका गरिने आन्तरिक तयारी भइरहेको र अर्को साता यो विषयमा निर्णय गरिने भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: