birat ribon

कोभिड १९ डाइग्नोसिस गर्दा आउने चुनौती

Neuro
कोभिड १९ डाइग्नोसिस गर्दा आउने चुनौती

विराटनगर / कोभिड–१९ सङ्क्रमणको पहिचानका लागि आरटी पिसिआर परीक्षण प्रयोग गरिन्छ ।

स्वाब परीक्षण वा पिसिआर परीक्षणले सक्रिय सङ्क्रमित पहिचान गर्न वा कुनै व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित छ कि छैन भनेर पहिचान गर्न प्रयोग गरिन्छ । तर, एक मानिस भाइरसबाट सङ्क्रमित भए पनि आरटी पिसिआर परीक्षण गर्दा रिपोर्ट फल्स नेगेटिभ (सङ्क्रमण भए पनि नदेखिने) आउन सक्छ ।

cura insider

नेपाल चिकित्सक सङ्घ (एनएमए) कोसी शाखाको आयोजनामा कोभिड म्यानेजमेन्ट इन इस्टर्न नेपालसम्बन्धी वेबिनारमा नोबेल शिक्षण अस्पतालका डिपार्टमेन्ट इन्चार्ज डा. सुरेन्द्रप्रसाद साहले कोभिड १९ डाइग्नोसिस गर्दा आउने चुनौतीका बारेमा जानकारी दिएका छन् । उनले कोभिड १९ निम्त्याउने कोरोना भाइरस अर्थात् सार्स कोभ २ को बारेमा जानकारी दिँदै यसमा हुने स्पाइक प्रोटिन, मेम्ब्रेन इ प्रोटिन, एम तथा एन प्रोटिनलगायत प्रोटिनका आधारमा आरटी पिसिआर परीक्षण गर्नुका साथै खोपको विकासका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

डा. सुरेन्द्रप्रसाद साह

उनका अनुसार कोरोना भाइरसको सङ्क्रमणलाई तीन चरणमा विभाजन गरिन्छ । पहिलो चरण अर्थात् प्रारम्भिक वा हल्का सङ्क्रमण हुँदा सङ्क्रमितमा कुनै लक्षण नहुने वा ज्वरो, सुक्खा खोकी, घाँटी खसखस हुनेलगायत सामान्य लक्षण देखिने हुन्छ । यस समयमा बिरामीहरू सङ्क्रामक हुन्छन् अर्थात् एकबाट अर्कोमा सङ्क्रमण सर्ने सम्भावना धेरै हुन्छ ।

सङ्क्रमणको दोस्रो चरण अर्थात् मध्यम सङ्क्रमण वा पल्मनरी फेजमा भाइरस शरीरमा तीव्र रूपमा फैलिएर फोक्सोमा सङ्क्रमण गरी कोषहरूलाई क्षति पुर्‍याउने हुन्छ । जसकारण बिरामीमा सास फेर्न गाह्रो हुने वा शरीरमा अक्सिजनको स्तर घट्दै जाने हुन्छ । र अन्तिम चरण वा गम्भीर सङ्क्रमण हुँदा बिरामीमा साइटोकाइन स्ट्रोम (शरीरमा अत्यधिक मात्रामा इन्फ्लामेसन), मायोकार्डिटिस (मुटुमा इन्फ्लामेसन) हुने हुन्छ ।

आरटी पिसिआर परीक्षणको नतिजा छदेखि आठ घण्टाभित्र आउने हुन्छ । प्रारम्भिक चरणका बिरामीको शरीरमा भाइरल लोड धेरै हुने हुँदा आरटी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउने सम्भावना उच्च हुन्छ ।

कोभिड १९ पहिचान गर्न ल्याब टेस्ट

प्रयोगशालामा कोभिड १९ पहिचान गर्नका लागि पिसिआर परीक्षण, सेरोलोजिकल, भाइरल सिक्वेन्सिङ तथा भाइरल कल्चर प्रयोग गरिन्छ । तर, यीमध्ये आरटी पिसिआर परीक्षणले भाइरस भए–नभएको शतप्रतिशत पत्ता लगाउन सक्छ । आरटी पिसिआर परीक्षणबाट रिपोर्ट पोजिटिभ आएमा लक्षण भए वा नभए पनि सङ्क्रमित भएको वा उक्त मानिसको शरीरमा भाइरस भएको पुष्टि हुन्छ ।

आरटी पिसिआर परीक्षणको नतिजा छदेखि आठ घण्टाभित्र आउने हुन्छ । प्रारम्भिक चरणका बिरामीको शरीरमा भाइरल लोड धेरै हुने हुँदा आरटी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउने सम्भावना उच्च हुन्छ । र, शरीरमा इम्युनिटी विकास हुँदै गएपछि नाक र घाँटीमा भाइरल लोड कम हुँदै जाने हुँदा रिपोर्ट नेगेटिभ आउने हुन्छ । जसकारण बिरामीलाई एक्स–रे गर्न सल्लाह दिइन्छ ।

नाकबाट लिइएको स्वाबबाट ६३ प्रतिशत र घाँटीबाट लिइएको स्वाबबाट ३२ प्रतिशत मात्र सङ्क्रमण भएको पुष्टि हुनसक्छ । सङ्क्रमण हुनसक्ने सम्भावित मानिसमा आरटी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ नआए तल्लो रेस्पिरेटरी ट्राक्टबाट नमुना सङ्कलन गर्न सकिन्छ । ४८ घण्टाभित्र परीक्षण गर्न सक्ने स्थितिमा सङ्कलन गरिएको नमुनालाई चार डिग्री सेल्सियसमा र यदि ४८ घण्टाभन्दा बढी समय लाग्ने भएमा सङ्कलन गरिएको नमुनालाई –७० डिग्रीमा राख्नुपर्ने हुन्छ ।

सङ्क्रमण पहिचान गर्न गाह्रो भएमा, स्वाब सङ्कलन सही तरिका तथा मात्रामा नगरिएमा, परीक्षण नमुना दूषित भएमा, सही तापमानमा भण्डारण नगरेमा वा आरएनए पत्ता लगाउन प्रयोग गरिएको रसायनले ठीकसँग काम नगर्दा तथा एन्टिरेट्रोभाइरल थेरापीका बिरामीमा भने आरटी पिसिआर परीक्षण गर्दा रिपोर्ट फल्स नेगेटिभ आउन सक्छ ।

सङ्क्रमितको सम्पर्कका आउनेबित्तिकै आरटी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउँछ भन्ने हुँदैन । भाइरसको इन्क्युबेस पिरियड दुईदेखि १४ दिन हुने हुँदा यस समयमा गरिएको आरटी पिसिआर परीक्षणमा पनि रिपोर्ट फल्स नेगेटिभ आउन सक्छ । जसकारण भाइरसको सम्पर्कमा आएको कम्तिमा पाँच दिन भाइरल लोड बढ्न सुरु हुने हुँदा पाँच दिनपछि परीक्षण गराउनु उचित हुन्छ । साथै, भाइरसको इन्क्युबेसन पिरियडपछिको १० देखि १५ दिनमा आरटी पिसिआर परीक्षण गर्दा रिपोर्ट फल्स नेगेटिभ आउने सम्भावना हुन्छ ।

सङ्क्रमित हुँदा पनि आरटी पिसिआर परीक्षण गर्दा रिपोर्ट फल्स नेगेटिभ आउनसक्ने विभिन्न कारण हुन्छन् । सङ्क्रमण पहिचान गर्न गाह्रो भएमा, स्वाब सङ्कलन सही तरिका तथा मात्रामा नगरिएमा, परीक्षण नमुना दूषित भएमा, सही तापमानमा भण्डारण नगरेमा वा आरएनए पत्ता लगाउन प्रयोग गरिएको रसायनले ठीकसँग काम नगर्दा तथा एन्टिरेट्रोभाइरल थेरापीका बिरामीमा भने आरटी पिसिआर परीक्षण गर्दा रिपोर्ट फल्स नेगेटिभ आउन सक्छ ।

सङ्क्रमण भएको दिनदेखि सात दिनसम्म बिरामीमा लक्षण देखापर्ने हुनसक्छ भने १४ देखि २८ दिनभित्र बिरामी निको हुन थाल्छ । र, सातदेखि १४ दिनबीचको समयमा बिरामीको लक्षण गम्भीर हुनसक्ने सम्भावना पनि रहन्छ । साथै, बिरामीमा सातदेखि १४ दिनभित्र सङ्क्रमणविरुद्धको एन्टिबडी पनि बन्न थाल्ने हुन्छ । जुन तीनदेखि छ महिनासम्म रहने विश्वास गरिन्छ ।

आरटी पिसिआर परीक्षणबाहेक सङ्क्रमण पहिचान गर्ने अन्य विधि पनि छन् । सेरोलोजिकल (एन्टिबडी) टेस्ट सङ्क्रमणको पहिलो लहरमा प्रयोग गरिए पनि हिजोआज कोभिड सङ्क्रमण पहिचान गर्न प्रयोग गरिएको छैन । एन्टिबडी परीक्षणले सक्रिय सङ्क्रमण नभई विगतमा भएको सङ्क्रमणविरुद्ध एन्टिबडी बनाएमा मात्र रिपोर्ट पोजिटिभ देखाउने हुन्छ । तर, सङ्क्रमित भए पनि शरीरमा एन्टिबडी नबन्दा रिपोर्ट नेगेटिभ आउन सक्छ । एन्टिबडी परीक्षणले कोभिड गराउने सार्स कोभ २ बाहेकका अन्य कोरोना भाइरस पनि टिप्न सक्छन् ।

भाइरल सिक्वेन्सिङ भने भाइरसको उत्परिवर्तन भएको म्युटेसन पत्ता लगाउनका लागि गरिन्छ जुन प्रविधि हाम्रो देशमा छैन । साथै, नेपालमा भाइरस कल्चर पनि गरिँदैन ।

कोभिड १९ पहिचान गर्न प्रयोगशाला जाँचबाहेक छातीको एक्स–रे, सिटी स्क्यानलगायतका रेडियोलोजिकल टेस्ट पनि गरिन्छ । सङ्क्रमण बढेसँगै वा दुई, पाँच वा सात दिनमा फोक्सोमा सङ्क्रमण पनि बढ्दै जाने हुँदा एक्सरेमार्फत देखिन्छ । केही लक्षण नभएका वा सामान्य लक्षण भएका सङ्क्रमितमा रेडियोग्राफीको रोल नहुने देखिएको छ ।

यदि लक्षण गम्भीर भएमा वा सङ्क्रमण गम्भीर अवस्थामा पुग्न सक्ने हुँदा, कोभिड निमोनिया हुँदा, आरटी पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएमा वा सङ्क्रमित हुने उच्च सम्भावना देखिए पनि रिपोर्ट नेगेटिभ आाएका बिरामीमा भने चेस्ट रेडियोग्राफी चाहिने हुन्छ । तर, आरटी पिसिआर परीक्षण उपलब्ध भएको बेला कोभिड १९ बाट सङ्क्रमण भएको पहिचान गर्न एक्सरे वा सिटी स्क्यानबाट मात्र डाइग्नोसिस गर्न सकिँदैन ।

कोरोना भाइरसबाट सङ्क्रमण भएको पुष्टि गर्न आरटी पिसिआर परीक्षण नै महत्त्वपूर्ण हुन्छ । सङ्क्रमण हुने उच्च सम्भावना देखिएको मानिसमा रिपोर्ट नेगेटिभ आए पुनः जाँच (सम्भव भए तल्लो रेस्पिरेटरी ट्राक्टबाट) गर्नुपर्ने हुन्छ । सामान्य लक्षण देखिएको एकदेखि तीन दिनभित्र जाँच गर्दा पोजेटिभ आउने सम्भावना ९० प्रतिशत, ६ दिनमा ८० प्रतिशत र १४ दिनमा ५० प्रतिशत हुन्छ ।

jackson ribon