birat ribon

नेपालगन्जका मेयरले भने– काङ्ग्रेस, एमाले र माओवादीकाे जुधाइलाई म मतदान गर्दिनँ

Neuro
नेपालगन्जका मेयरले भने– काङ्ग्रेस, एमाले र माओवादीकाे जुधाइलाई म मतदान गर्दिनँ

काठमाडाैँ/ आज लुम्बिनी प्रदेशमा जारी राष्ट्रियसभाकाे उपनिर्वाचन नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले बहिस्कार गरेका छन् ।

दाङमा भइरहेको चुनावमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य र पालिका अध्यक्ष र उपाध्यक्ष भोट हाल्न गए पनि राणाले भने आफूले भाेट नहाल्ने बनाएका हुन् ।

cura insider

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा विजयी भएका राणाले उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो प्राथमिकता उपनिर्वाचन नभएको बताउँदै आफ्नो पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले काङ्ग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मतदान गर्न नसक्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

jackson ribon