birat ribon

जापानमा १२ देखि १५ वर्षसम्मकालाई फाइजरको खोप प्रयोग गर्ने अनुमति

Neuro
जापानमा १२ देखि १५ वर्षसम्मकालाई फाइजरको खोप प्रयोग गर्ने अनुमति

विराटनगर / जापानमा १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न अनुमति दिइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञको समूहले कोरोना भाइरसविरुद्धको फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । १६ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै फाइजरको खोप प्रयोग हुँदै आएको थियो ।

cura insider

मन्त्रालयले सोमबार १२ देखि १५ वर्षका बालबालिकालाई फाइजर खोप निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गर्ने अपेक्षा राखिएको छ । फाइजर खोप बालबालिकामा प्रयोग गर्न उपयुक्त हुन्छ कि हुँदैन भनेर परीक्षण गरिएको थियो । जसका लागि दुई हजार दुई सय ६० जना बालबालिकालाई खोप दिइएको थियो ।

खोप लगाएकामध्ये कसैमा पनि भाइरसको सङ्क्रमण नदेखिएको हुनाले खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि लगाउने अनुमति दिएको हो । जापान सककारले फाइजरको खोपलाई स्वास्थ्यकर्मीलाई फेब्रुअरीमा प्रयोग गर्न अनुमति दिएको थियो । त्यसपछि वयस्क व्यक्तिलाई भने अप्रिलमा फाइजरको खोप दिइएको थियो ।

फाइजरको खोपसँगै मोडर्नाको खोप पनि १२ देखि १७ वर्ष उमेरका बालबालिकामा प्रयोग गर्न सकिने परीक्षणले देखाएको छ । र, छिट्टै केही देशमा उक्त खोपको प्रयोग गर्न अनुमति पाउनका लागि प्रक्रिया सुरु गरिएको छ ।

jackson ribon