birat ribon

होटलबाट मदिरा चोर्ने तीन प्रहरी निलम्बित

Neuro
होटलबाट मदिरा चोर्ने तीन प्रहरी निलम्बित

विराटनगर / होटलबाट मदिरा चोरी गरेको भिडियो भाइरल बनेपछि सिरहामा तीन प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) नवलकिशोर ठाकुर, प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको हो । सिरहा प्रहरीका प्रवक्ता डिएसपी शालीग्राम शर्माका अनुसार निषेधाज्ञा कार्यान्वयनका क्रममा पसल र होटल बन्द गराउँदै गएको प्रहरी टोलीमाथि मदिरा चोरी गरेको आरोप लागेको छ ।

cura insider

प्रहरीका अनुसार जेठ ९ गते लहानको गढीया चोक आसपासमा रहेका होटल खुला राखेर मदिराको किनबेच भइरहेको थियो । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि होटल सञ्चालकहरु भागेका थिए ।

सञ्चालक भागेर होटल नै खाली भएको अवस्थामा प्रहरीले होटलबाट मदिरा लिएर गएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तीन प्रहरी कारबाहीमा परेको डिएसपी शर्माले बताए । प्रहरीको आलोचना र सिङ्गो सङ्गठनको बद्नाम भएपछि गलत गर्ने प्रहरीमाथि कारबाही अघि बढाउन निलम्बन गरेर आवश्यक छानबिन थालिएको उनको भनाइ छ ।

jackson ribon