birat ribon

आठ लाख डोज चिनियाँ खोप ल्याइँदै

Neuro
आठ लाख डोज चिनियाँ खोप ल्याइँदै

विराटनगर / चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई सहयोगवापत घोषणा गरेको कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप ल्याइने भएको छ ।

चिनियाँ खोप लिनका लागि नेपाल एयरलाइन्सको चार्टर विमान आज (सोमबार) राति ११ बजेतिर चीनको राजधानी बेइजिङ जाँदै छ । विमान भोलि (मङ्गलबार) दिउँसो २ बजेतिर खोप लिएर फर्कने नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

cura insider

उनका अनुसार पहिलो पटक आठ लाख डोज खोप ल्याउने तयारी छ । चिनियाँ राष्ट्रपति सीले गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सम्वादमा नेपाललाई १० लाख डोज खोप सहयोग गर्ने घोषणा गरेका थिए । बाँकी दुई लाख डोज खोप पुनः ल्याइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

jackson ribon