birat ribon

सङ्क्रमितलाई नक्कली औषधि बेच्ने तीन सय ५० भारतीय पक्राउ

Neuro
सङ्क्रमितलाई नक्कली औषधि बेच्ने तीन सय ५० भारतीय पक्राउ

विराटनगर / कोरोना भाइरस सङ्क्रमितका लागि नक्कली औषधि बिक्री गरेको आरोपमा तीन सय ५० जनाभन्दा धेरै भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतीय प्रहरीले राजधानी नयाँ दिल्लीबाट पक्राउ गर्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याएको हो । पक्राउ परेकाले सामाजिक सञ्जालको प्रयोग गरेर नक्कली औषधि बेच्ने गरेको पाइएको छ ।

cura insider

कोरोनाको औषधि आफूहरुसँग रहेको भनेर सामाजिक सञ्चालमार्फत प्रचार गर्ने र सम्पर्कमा आएका सङ्क्रमितका आफन्तलाई नक्कली औषधि बेच्ने गरेको पाइएको प्रहरी अधिकारीले बताए । पक्राउ परेकाहरुले स्वास्थ्य सामग्री पनि नक्कली बेच्ने गरेको पाइएको छ ।

कोरोनाका कारण अवस्था जटिल बनेका बिरामीमाथि ठगी गरिनुलाई भारती प्रहरी अधिकारीले तल्लोस्तरको मानवताविरोधी अपराध भनेका छन् । पछिल्लो समय भारत कोरोनाका कारण विश्वकै अति प्रभावित बनिरहेको मुलुक हो ।

jackson ribon