birat ribon

बार्सिलोनामा अनुबन्ध हुन अगुएरो स्पेनमा

Neuro
बार्सिलोनामा अनुबन्ध हुन अगुएरो स्पेनमा

विराटनगर / अर्जिन्टिनी फरवार्ड सर्जियो अगुएरो पोर्चुगलको पोर्टोमा च्याम्पियन्स लिगको फाइनल खेलेर सीधै स्पेन पुगेका छन् । बार्सिलोनामा अनुबन्ध हुन अगुएरोले स्पेनको भ्रमण गरेको स्पेनिस मिडियाहरूले जनाएका छन् ।

शनिबार राति च्याम्पियन्स लिगको फाइनल खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १–० गोलले पराजित भएको थियो । उक्त खेलमा अगुएरो पेप ग्वार्डीओला नेतृत्वको टोलीमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए ।

cura insider

यो खेल सिटीका लागि उनको अन्तिम मानिएको छ । उनले सिटी छोड्ने निश्चित भइसकेको छ । स्पेनिस मिडिया ‘एएस’का अनुसार ३२ वर्षीय अगुएरो बार्सिलोनामा अनुबन्ध हुनकमा लागि क्याटलान सहर पुगेका हुन् । आगामी २४ घण्टाभित्र उनले बार्सिलोनामा मेडिकल गर्नेछन् ।

आइतबार अगुएरोले सिटीका समर्थकलाई भावुक सन्देश पठाएका थिए । अगुएरो फ्रि–ट्रान्सफरमा आफ्नो राष्ट्रिय टोलीका सहकर्मी लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनामा अनुबन्ध हुन लागेका हुन् ।

सिटीका प्रशिक्षक ग्वार्डीओलाले नै आफ्नो मन पर्ने क्लब बार्सिलोनासँग सम्झौता गर्न लागेको पुष्टि गरेका थिए । सिटीका सर्वाधिक गोलकर्तासमेत रहेका अगुएरोले पाँच प्रिमियर लिगको उपाधिसहित १५ वटा ट्रफी जितेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: