birat ribon

लुम्बिनीमा आज राष्ट्रियसभाको उपनिर्वाचन

Neuro
लुम्बिनीमा आज राष्ट्रियसभाको उपनिर्वाचन

विराटनगर / लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन आज (सोमबार) हुँदै छ ।

राष्ट्रियसभामा रिक्त एक पदका लागि गर्न लागिएको उपनिर्वाचनमा मतदान गर्ने समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाका अनुसार उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ ।

cura insider

काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् ।

नेकपा (माओवादी केन्द्र)बाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उक्त पद रिक्त बनेको थियो । पार्टीले खड्कालाई कारबाही गर्दा रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी दुई सय १७ गरी जम्मा तीन सय जना मतदाता छन् ।

लुम्बिनी प्रदेशमा रहेका एक सय नौ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली काङ्ग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा पाँच, राप्रपा दुई र स्वतन्त्र तीन जना मतदाता छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८३ जना छन् । एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ छन् । नेकपा एमालेका ३८, नेपाली काङ्ग्रेसका १९, माओवादी केन्द्रका १९ (विमला वलीसहित), जसपा महन्थ पक्षमा चार, जसपा उपेन्द्र पक्षमा दुुई र राष्ट्रिय जनमोर्चाका एक सांसद लुम्बिनी प्रदेशसभामा छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले पूरक मतदाताको रुपमा उनीहरुलाई मताधिकार दिएको हो ।

jackson ribon