birat ribon

अमेरिकामाथि स्विट्जरल्यान्डको जित

Neuro
अमेरिकामाथि स्विट्जरल्यान्डको जित

विराटनगर / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्विट्जरल्यान्डको अमेरिकामाथि जित निकालेको छ । आइतबार राति स्विट्जरल्यान्डले घरेलु मैदानमा अमेरिकालाई २–१ गोलले हराएको हो ।

स्विट्जरल्यान्डलाई जिताउन रिकार्डो रोड्रिग्वेज र स्टेभन जुबरले समान एक–एक गोल गरे । अमेरिकाका लागि सेबास्टियन लेटगेटले एक गोल गरे ।

cura insider

खेलमा अमेरिकाले सुरुआती अग्रता बनाएको थियो । पाँचौँ मिनेटमा लेटगेटले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए ।

दसौँ मिनेटमा रोड्रिग्वेजले गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काए । औँ मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो । तर रिकार्डोको प्रहार असफल बनेपछि स्विट्जरल्यान्ड पहिलो हाफमा अग्रता बनाउनबाट चुकेको थियो ।

६३औँ मिनेटमा जुबरले गोल गरेपछि स्विट्जरल्यान्डले २–१ गोलको जित निकालेको हो ।

स्विट्जरल्यान्डले युरो कप २०२० को तयारीका लागि मैत्रीपूर्ण खेल खेलेकाे हो ।

jackson ribon